Section 36
अधिकार प्रत्यायोजन

(१) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आपूmलाई प्राप्त भएको अधिकार मध्ये सबै वा केही अधिकार प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, साधन–श्रोत परिषद्, क्याम्पस, संकाय, सेवा आयोग, कुनै पदाधिकारी, विद्यापरिषद् वा यस ऐन बमोजिम गठन हुने कुनै समिति, उप–समिति वा कार्यटोलीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, साधन–श्रोत परिषद्, क्याम्पस, संकाय, सेवा आयोग, कुनै पदाधिकारी वा विद्यापरिषद्ले यो ऐन वा ऐन अन्तर्गत बनेका नियम बमोजिम आफूलाई प्राप्त भएको सबै वा केही अधिकार तोकिएको निकाय वा पदाधिकारीलाई सुम्पन सक्नेछ ।